डोटी जिल्लाको सायल गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

रामबहादुर देउबा – डोटी  , डोटी जिल्लाको सायल गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । सायल गाउँपालिका वड न ४ डौड भ्वातलामा आज बिहान ८ बजेको समयमा से २ भ२६च १७६० नम्बर को ट्याक्टर दर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुदा कन्चनपुर जिल्ला झलारिका ४६ बर्षिय चालक रामकृष्ण डगौराको मृत्यु भएको हो ।

सायल गाउँपालिकाको स्वास्थ्यकार्यालको १० शैया अस्पताल निर्माण कार्यमा उक्त ट्याक्टर कामगरिरहेको थियो। ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो।ट्याक्टर दुर्घटना कसरि भयो भनेर प्रहरिले प्रारम्भिक अनुसन्धान गरिरहेको घटना स्थल बाट सन्चार कर्मी महादेव उपाध्यायले जनाएका छन ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...