आफ्नो गाडि हुदाहुदै सायल गाउँपालिकाले खर्च ग¥यो गाडिभाडामा मात्र पन्ध्रलाख छत्तिसहजार छ सय साटी रुपैयाँ खर्च
आफ्नो गाडि हुदाहुदै सायल गाउँपालिकाले खर्च ग¥यो
सायल गाउँपालिकामा आफ्नो गाडीहुदाहहुदै गाडी भाडामा मात्र पन्ध्रलाख छत्तिसहजार छ सय साटी रुपैयाँ नियम विपरित तरिकाले खर्चगरेको लेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
आफुनिकटका व्यक्तिहरुलाई गाडी भाडाबाफत एकै जनालाई न्यूनतम एकैहजार देखी अन्ठाउन्न हजार सम्म नियम विपरित तरिकाले दिएको देखिएकाले राज्यकोषको चरम दुरुपयोग गरिएको महालेखापरीक्षकको प्रतिवेदनले औल्याएको छ ।
गाउँपालिकाको आफ्नो गाडीहुदाहुदै व्यक्तिगत गाडी बढी प्रयोग गरिन देखिएकाले सरकारी राज्यकोषको दोहन भएको समेत लेखापरीक्षकको प्रतिबेदनले देखाएको छ ।
आर्थिक कार्यविधिको ख्याल नै नगरी गाउँपालिकाले करिव सात जनालाई दुईलाख चौतिसहजार गाडी भाडा मार्फत दिएको जुन कानुन विपरित देखिएको महालेखापरीक्षको प्रतिबेदनले औल्याएको छ ।
प्रतिशपर्धाविना योजनाको ठेक्का
प्रतिशपर्धा बेगर खरिद सार्वजनिक खरिद ऐन २०६३को दफा ८ अनुसार सीििमत नहुनेगरी खरिद गर्नु पर्ने व्यवस्था रहेको भएता पनि सायल गाउँपालिकाले यसको सिधै धज्जी उडाएको देखिएको छ ।
सार्वजनिक खरिद नियमावलीमा रु १०लाख सम्मको सोझ खरिद कार्य गर्न सकिने देखिए पनि पालिकाले सडक निर्माण कार्य गर्दा प्रतिशपर्धा नअपनाई रु ६७९९६३६रकमको सोझै व्यवसायिक खरिद भएकाले सरकारी राज्यकोषको चरम दुरुपयोग भएको महालेखापरीक्षकको प्रतिबेदनले देखाएको छ । विनाप्रशिसपर्धामा देखिएका योजनाहरुमा हेर्नुहोस महालेखपरीक्षकको प्रतिबेदनको अंश


