धनगढीमा डक्टरको चरम लापर्वाहीले युवतीको मृत्यु भएको छ । धनगढीमा रहेको निसर्ग अस्पतालमा सामान्य पेट दुख्दा अस्पतालमा भर्ना भएकी लक्ष्मी जोशीको डक्टरले गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको मृतकका काका हेमराज जोशीले जानकारी दिए । मानिसको स्वास्थ्य माथि खेलवाड गर्ने डक्टरलाई कार्वाही गर्ने सहमती भए पछि मृतकका आफन्तले आन्दोलन रोकेका हुन ।
धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छडाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको हो।
भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको हिजोराति मृत्यु भएको थियो।


