म पनि इचल्या भया जुगुनेका खेत ।
कति खेत बाझा देखि म पडया बिचेत ।

एक्काईस बाउसे बाईस राेपदारी हलबल्ल लाएको ।
लाउन पुरी राेटा तरकारी बसेर खाएको ।।

पल्दिर खेतपारी बन वल्दिर भई राेपाई ।
दयालु मायालु हुनु जन अरया मपाई ।।
रात रात घुम्दै आउनु त्यो बदेल साण ।
कात्तिक धान काटने बेला बान्नरकी चाण ।।

खेत सबै राेपीहाल्या बाझा जनैराख्या ।
।।विदेश गएका मान्छे बरु घर डाक्या
सर्जक ः– डबल बहादुर भाट


