चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु समेत बेपत्ता छन् ।नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकैकाे खाेलामा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा खसाएकाेछ।
बिरगंज – काठमाडौ चल्ने ( एन्जल बस)मा २४ जना र काठमाडौ -गौर चल्ने (गणपति डिल क्स) मा ४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरिले दिएको छ। जसमध्ये ३ जना पाैडिएर बाँच्न सफल भएका छन भने बाँकि ६४ जना बेपत्ता भएका छन । १७ किलो भन्ने ठाँउमामानै ढुंगाले लाग्दा एक बस चालकको घटना स्थलमै ज्यान गएको र थप विवरण आउन बाकी छ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो ।
७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेकोजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


