नेपाल मामिलाका जानकार मानिने भारतीय पूर्व कूटनीतिज्ञ तथा प्राध्यापक सुखदेव(एसडी) मुनीले नेपालको नयाँ राजनीतिक परिवर्तनका विषयमा खरो टिप्पणी गरेका छन् ।
मुनीले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई अवसरवादी र चलखेल गर्नेहरूका लागि ‘म्युजिकल चेयर’ रहेको टिप्पणी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको गठबन्धन बाँकी अवधि टिके आफ्ना लागि आश्चर्य हुने बताएका छन्।
दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा लामो समय अध्यापन गरेका मुनी भारतमा नेपाल मामिलाका प्रखर जानकार मानिन्छन्। उनले पछिल्लो समय प्रकाशित गरेको आत्मसंस्मरण ‘ड्याब्लिंग इन डिप्लोमेसीः अथराइज्ड एन्ड अदरवाइज, रिकलेक्सन्स अफ अ नन–करिअर डिप्लोम्याट’मा नेपाल र नेपाली राजनीतिक उतारचढावका विषयमा तमाम विषयको खुलासा समेत गरेका छन्।
मुनीले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपालको नयाँ राजनीतिक परिवर्तन अवसरवादी र चलखेल गर्नेहरूका लागि ‘म्युजिकल चेयर’ हो । नयाँ गठबन्धनले बाँकी रहेको पूर्ण अवधि टिक्यो भने आश्चर्यको कुरा हुनेछ। भगवान पशुपतिनाथले नेपाली जनतालाई सहयोग गरून्।’


