सुदुरपश्चिम भरी माध्यमिक शिक्षा उतिर्ण परीक्षामा बढी नतिजा शुन्यमा देखियो डोटी
माध्यामिक शिक्षा परीक्षामा सुदूरपश्चिमका ८४ विद्यालयको नजिता शून्य
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा सुदूरपश्चिमका ८४ विद्यालयको नतिजा शून्य आएको छ। परीक्षामा ८७३ सामुदायिक विद्यालय सहभागी भएकामा ८४ विद्यालयको नजिता शून्य आएको हो। शून्य नतिजा ल्याउने प्रदेशका ८४ विद्यालयमा सबभन्दा बढी २० विद्यालय डोटीका छन् भने दोस्रोमा बैतडीका १७ विद्यालय रहेका छन्।
यस्तै, कैलाली कञ्चनपुरका ८, दार्चुलाका ७, डडेल्धुराका ६, बाजुरा र अछामका समान ५÷५ र बझाङको एक विद्यालयको शून्य नतिजा आएको छ।सुदूरपश्चिमका २० निजी विद्यालयले भने सतप्रतिशत नतिजा ल्याएका छन्। निजीबाट ७ विद्यालयको नतिजा भने शून्य आएको छ। सुदूरपश्चिममा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा ननग्रेडेड हुने विद्यार्थीको संख्या उच्च देखिएको छ। एसइईमा सुदूरपश्चिमबाट ५३ हजार ४४६ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ३६ हजार ४१० अर्थात् ३१ दशमलव ८७ प्रतिशत विद्यार्थीले तोकिएको ग्रेड हासिल गरेका छन्।


