चारकोसे झाडीमा कसले छाड्यो वृद्धलाई ? पन्ध्र वर्ष देखी विछोडिएका बाबु छोराको अस्पतालको शैयामा भेट

। मंगलबार बिहान पूर्वपश्चिम राजमार्गको बेलबारीदेखि करिब पाँच किलोमिटर उत्तर चारकोसी झाडीमा भेटिएका वृद्ध जामुनलाल ऋषिदेव हाल कोशी अस्पताल विराटनगरमा उपचाररत छन् ।

वन गस्तीमा गएको टोलीले बेलबारी नगरपालिका–१ र ४ को सिमाना बेलबारी–चिसाङ साझेदारी वनभित्र कमिला र किराले टोकेर हातखुट्टामा घाउ नै घाउ भएको अवस्थामा वृद्धलाई भेटेको थियो । जंगलबाट बोराको स्टेचर बनाएर वृद्धलाई गाडी चल्ने ठाउँसम्म ल्याएको टोलीले प्रहरीलाई खबर गरेर अस्पताल पठायो ।

बेलबारी–चिसाङ साझेदारी वन अध्यक्ष दिनेश गिरीका अनुसार वृद्ध भेटिएको जंगल मानवीय गतिविधि नहुने क्षेत्र हो । सो क्षेत्रमा हात्ती ओहोरदोहोर गरिरहन्छ । जोकोही मानिस पुग्न नसक्ने ठाउँमा वृद्ध भेटिएको उनले बताए । मोटरसाइकल कुदेको जस्तो डाम पनि भेटिएका कारण कसैले छाडेको जस्तो देखिएको उनले बताए । सामान्य मानिस पनि सहजै नपुग्ने स्थानमा बुढ्यौली अवस्थामा एक्लै हिँडेर वृद्ध भेटिएको स्थानसम्म पुग्न नसक्ने उनको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख कार्की भने वृद्ध आफै पुगेको हो कि भन्ने आशंका गर्छन् । ‘१५ वर्षदेखि घर नआएको बाहिर हिँडडुल गरिरहने कुरा आएको छ’, उनले भने, ‘आफैं पुगेको पनि हुनसक्छ, हामी अनुसन्धान गर्दैछौं ।’ उनका अनुसार वृद्धका छोराको पनि कोशी अस्पतालमा उपचार भइरहेको छ ।

बाउ–छोराको वर्षाैंपछि अस्पतालमा भेट भयो, छोराले छाड्यो भन्ने मिस इन्फरमेसन भयो’, सामाजिक सञ्जालमा फैलिएको हल्लाबारे मोरङ प्रहरी उपरीक्षक नवराज कार्की भन्छन्, ‘वृद्ध घरमा नबस्ने रहेछन् ।

बेलबारी, सुन्दरहैचाको नगर अस्पताल हुँदै वृद्धलाई अहिले कोशी अस्पताल विराटनगर ल्याइएको छ । जमुनलालको घर खोज्दै जाँदा उनका छोरा जल्वा घरमै बिरामी अवस्थामा भेटिए । वर्षाैंदेखिको हाइड्रोसिलको उपचार नगरेका कारण उनी सहज रुपमा हिँड्डुल गर्न सक्दैनन् ।

‘वृद्धलाई कसले जंगलमा लगेर छाड्यो भन्ने खुलेको छैन । जंगलमा उद्धार टोलीसँग वृद्धले ४–५ दिन अघि ल्याएर छाडेको बताएका थिए ।

बुढ्यौलीले गलिसकेका वृद्ध अझै मज्जाले उभिन सक्दैनन् । राम्ररी बोल्न पनि सक्दैनन् । कसले, कहाँबाट, कसरी वनको बीच भागमा ल्याएर वृद्धलाई छाडेको हो या आफैं गए भन्ने अनुसन्धानको क्रममा रहेको प्रहरी बताउँछ ।

मंगलबार वृद्धले आफ्नो घर बताएको ठेगानामा खोजी गर्दा उनको घर पत्ता लागेन । थप खोजी गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका – १ डाँगी टोलमा रहेको खुल्यो । वृद्धका जेठा छोरा जल्वा ऋषिदेव घरमा बिरामी अवस्थामा भेटिए । कान्छो छोरा दिनेश भारतको हरियाणास्थित कुखुरा फार्ममा काम गर्ने गरेको परिवारका सदस्यले बताएका छन् ।

सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर अकली चौधरीका अनुसार जेठा छोरा जल्वासमेत शारीरिक रुपमा अशक्त छन् । छोराले छाड्यो भन्ने हल्ला निराधार रहेको उनको भनाइ छ ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...