पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् ।रतनपुरमा राज्यमन्त्रीका ३ वटा घर छन् । तीमध्ये एउटा घरमा सहयोगी राम उजेन उनीसँगै बस्दै आएका थिए । घरको काम बिगारेको भन्दै गाली गरेपछि आवेशमा फर्से (एक प्रकारको बन्चरो)ले हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।
यसअघि राम उजेनले राति घरमा ३ जना मानिसहरू आएको र पूर्वराज्यमन्त्रीको आग्रह अनुसार आफूले ओछ्यान मिलाइदिएँ बताएका थिए । पोलिग्राफ परीक्षण गर्दा उनले झुट बोलेको देखिएको छ ।


