कैलाली जिल्लाको जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका स्थानीय महिलाबाटै लुटिएका छन्।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका स्थानीय महिलाबाटै लुटिएका छन्।
ती गाउँका करिब २० परिवार भारतीय एक महिलाबाट लुटिएका हुन्। हरेक घरबाट डेढ तोलाका दरले ती महिलाले सुन संकलन गरेर अहिले फरार भएको पीडितहरुले गुनासो गरेका छन्। नाम, ठेगाना नखुलेकी ती भारतीय महिलाले पुरुष घरमा नभएका परिवारका महिलालाई निसाना बनाएर सुन, चाँदी, तामा, काँसा, पित्तल लगेर फरार भएकी छन्।पुरुष काम विशेषले बाहिर भएका महिलाहरुलाई निसाना बनाएर ती महिलाले बल्मीका करिब २० परिवारलाई ठगेको स्थानीय अशोक रोकायले बताएका छन्। ‘आफु काम विशेषले बाहिर भएको बेला मेरै घरका सदस्यलाई विभिन्न प्रलोभनमा पारेर डेढ तोला सुन, तामा, चाँदी, काँसाका कचौरा, लोटा लिएर फरार भएकी छन्।’


