रामबहदुर देउबा–डोटी, डोटी जिल्लाको आदर्श गाउँपालिका वार्ड नं ४ देही गाउ बस्ने वर्ष करिब १७का विष्णु बोहरा भालुको अक्रमण बाट शक्त घाइते भएका छन । स्थानीय डिलबहादुर बोहराले दिएको जानकारी अनुसार दिउसको समयमा बाख्रा चराउन गएका बेला करिब तीन बजेको समयमा बोहरालाई वनमा भालुले आक्रमण गरेको जानकारी प्राप्त भएको छ ।
भालुको आक्रमण बाट उहाको मुख र पिठ्युमा चोट लागेको छ । उपचारका लागि स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढी पठाउने काम भइरहेको स्थानीयले जानकारी दिएका छन् । बाख्रा चराउन गएका अन्यले होहल्ला गरे पछि भालु भागेको स्थानीयले जानकारी दिएका छन ।


