लाल बहादुर चदारा अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा बर्षासंगैको चट्याङले लागेर २ जना घाइते भएका छन् ।गाउँपालिकाको वडा नम्बर ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै सोमबार दिउँसो करिब ३ बजे परेको चट्याङले लागेर २ जना घाइते भएका हुन् ।
घाइते हुनेमा ६२ वर्षीय तुले धामी र उनको डेढ वर्षीय नाति गणेश धामी रहेका छन् ।घर भित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ६२ बर्षे धामीको अवस्था गम्भीर रहेको प्रहरी वरिष्ठ हवलदार लक्ष्मण प्रसाद जोशीले जानकारी दिए । घाइते दुवैलाई उपचारका लागि बयालपाटा लगिएको छ । ।


