टुडिखेलमा आयोजना भएको गौरा कार्यक्रममा शिर्ष नेता विरुद्ध नारा

 सुदूरपश्चिमको मौलिक र महत्वपूर्ण पर्व गौरा सोमबार धुमधामका साथै मनाइँदै छ। त्यसैको अवसरमा काठमाडौंको सैनिक मंच टुँडिखेलमा पनि गौराको कार्यक्रम राखिएको थियो। प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथि थिए सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। दुवैले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरे र कार्यक्रमको उद्घाटन गरे।

सिमसिम पानीका बीच सुरु भएको कार्यक्रममा नेताहरूको उपस्थितिलाई सहभागीले रुचाएनन् र दर्शक बाट सुरु भयो , देश छोड’ ‘, दु:ख पाए साराले’ चोरपाराले को नारा लगाउन थाले ।

प्रधानमन्त्री ओली अर्को कार्यक्रममा जानुपर्ने भन्दै पहिला बोलेर निस्कन खोजे। ओलीले मन्तव्य सुरु गरेलगत्तै कार्यक्रममा उपस्थित दर्शकले नाराबाजी र होहल्ला सुरु गरे। ओलीले छोटो मन्तव्य राखे। तर आक्रोशित भीडप्रति उनले सिधा आक्रोश देखाएनन् घुमाउरो असन्तुष्टि व्यक्त गरे।

उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण रहेको उल्लेख गरे। केही नयाँ पुस्तामा सभ्यता र शिष्टता नदेखिएको पनि उनले टिप्पणी गरे। ‘नेपालीको परिचय मेलमिलाप हो।’ उनले भने, ‘तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ।’

सधैंजसो निकै लामो भाषण दिने प्रधानमन्त्री ओलीले होहल्ला र नाराबाजीका कारण कार्यक्रममा लामो बोलेनन्।

उनले गौरा पर्व बिथोल्नेहरूको कार्यक्रममा घुसपैठ भएको आरोप पनि लगाए। ‘यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्। देउडा खेल्न आएका छन्। यहाँ न अरूको कुरा सुन्छन्। न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्। त्यस्तालाई जनताले ठिक पार्नुपर्छ।’ देउवाले थपे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन गौरा पर्व महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा ओली र देउवासँगै एमाले नेता भीम रावल, संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलगायत सहभागी थिए।

dcs 1
Damu 1
dandako khbar 1
Loading...