रामबहादुर देउबा– डोटी , दिपायल खुटिया द्रुत मार्गको निर्माण कार्यले गति पाएको छ । लामो समय देखी रोकिएको उक्त कार्य यस ठाउँका सामाजिक अगुवा तथा राजनिति कर्मीहरुको पहलमा डोटी राजपुर देखी सलेनी गाड सम्मको करिब चौध किलोमिचर सडक पक्कि कार्य हुने भए पछि यस ठाउँका स्थानीयहरु ह्र्षित भएका छन् ।
डोटी देखि कैलाली सम्म हाल कबि १८५ किलो मिटरको यात्रा गर्नु परेको भने तथा तराइका जिल्लाहरुमा जानका लागि डडेल्धुरा हुदै जानु पर्ने भएकाले लामो यात्रा हुने गर्दछ । दिपायल खुटिया सडकले गति पाएको खण्डमा करिब ८० किलोमिटरको दुरीमा सहझै कैलाली अत्तरिया पुग्न सकिन्छ ।
देशमा राजनिति परिवर्तन सङ्गै डोटीको दिपायलमा रहेका क्षेत्रिय कार्यालय तथा अन्य प्रशाासनिक काम कैलाली जिल्लामा अन्यायपूर्ण तरिकाले सारे पछि जनअक्रोश बढ्दै गएको थियो ।
हाल राजपुर देखी सलेनी गाड सम्मका लागि सडक चौडा बनाउने कार्य तिब्र गतिमा भइ रहेकाले कहि कतै अबरोध नभएको खण्डमा तोकिएकै समयमा कार्य सकिने निमार्ण कम्पनीले जनाएको छ ।
कैलालीको खुटिया देखी बझङ्गको उरै भन्ज्याङ्ग हुदै चीनको ताक्लाकोट सम्म जोड्ने यो सडकले विस्तारको गति समयमा पाइ कार्य सम्मपन्न भएको खण्डमा सुदूरपश्मि क्षेत्र व्यापार व्यवसायका साथै अन्य आर्थिक गतिविधिले स्थान पाउने भन्ने आसले यस क्षेत्रका वासिन्दा हर्षित भएका छन् ।


