रामबहादुर देउबा डोटी , डोटी जिल्लाको साइली गाडमा मोटरेवल पुलको व्यवस्था नहुदा कृषकले फलाएका कृषि उपजले ठाउ पाउन सकेको छैनन् । कृषकले फलाएका कृषि उपजका वस्तुहरु बारीमा नै कुहिन थालेका छन ।
डोटी जिल्लाको अति नै विकट स्थानमा रहेको छपाली जोड्ने सडक भनेकै साइली गाड तरेर मात्र जानु पर्ने भएकाले वर्षातको समयमा पानीको वहाप बढ्ने भएका कारण करिब जेठको अन्त्य देखी हाल सम्म त्यो ठाउमा सवारी साधन चल्न सकेका छैनन् ।
यातायातका साधन चलन नसकेका कारण स्थानीहरुले फलाएका साग तरकारी कृषकको बारीमा नै कुहिन थालेका छन । आलु तथा तरकारी क्षेत्रका लागि ख्याति प्राप्त उक्त स्थानमा साइली गाडमा मोटरेवल पुलको व्यवस्था भएको भए स्थानी कृषकले उतपादन गरेका वस्तुले वजारीकरण पाउने थियो । स्थानीय उपजले बजारीकरण पाएको खण्डमा आयआर्जनको माध्यममा पनि वृद्धी भइ स्थानीयहरु स्वरोजगार बन्ने पक्का नै थियो ।
यो समयमा एक जना कृषकले लगभग तीन चार क्वीन्टल जति आलु फाउने उक्त क्षेत्रमा यातायातको साधन नहुदा कृषको बारीमा नै आगु कुहिन थाले छन भने स्थानीयहरु पनि काम गरेर के गर्नुृ उत्पादन गरेका वस्तुले वजारीकरण नपाएको देख्दा निराश बनेका छन् ।
यता सायल गाउँपालिकाका अध्यक्ष धर्म जोेशी भने आफ्नो पालिकाको बजेटले धान्न नसक्ने र पुलनिर्माणका लागि प्रदेश सरकार सङ्ग पहल गरिरहेको बताउछन् । वर्षातको समयमा करिव छ मैना सम्म यातायातका साधन नचल्ने भएकाले स्थानीयहरु चर्को मुल्य तिरेर सामान किन्न बाध्यत भइका नै छन भने विरामी हुदाको समयमा पनि निकैै नै कष्ट भोग्न वाध्य भएका छन् । विरामी भएको बेलामा यहीलेको यूगमा पनि डोकोमा बोगन बाध्य भएका छन् ।


