खहरेको भेलले बगाउँदा डोटीमा नौ वर्षीया बालिका बेपत्ता

डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्लाको केआईसिंह गाउँपालिका– ४ वायल मामा घर बस्दै आएकी थिइन । महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन्। निर्मला चन्द वायल बजार जानेक्रममा मानखोलाले बगाउँदा बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शुक्रवार बिहान ७ः ४५ बजे बालिकालाई खोलाले बगाएर बेपत्ता पारेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। बालिकाको खोजी कार्यका लागि प्रहरी नायब निरीक्षक कुलवीर बोहराको नेतृत्वमा टोली खटाइएको छ।बाेगटान फुड्सिल गाउँपालिका-६ गगुडा तल्लागाउँ घर भइ हाल केआइसिंह गाउँपालिका-४ वायल मामा घर बस्दै आएकी थिइन।

dcs 1
Damu 1
dandako khbar 1
Loading...