हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दसैँको आगमनसँगै भारतसँगको सीमा नाकामा नेपालीहरूको चहलपहल बढेको छ । कामको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ मनाउन धमाधम घर फर्किन थालेका हुन् ।सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, खक्रौला सीमा नाका भएर दैनिक हजारौँ नेपाली भारतका विभिन्न सहरबाट फर्किने गरेका छन् ।घर फर्किएका नेपालीले भारतीय सीमामा सास्ती खेप्ने गरेको गुनासो गरेका छन् ।


