रामबहादुर देउबा–डोटी, डोटी जिल्ला शिखर नगरपालिका घर भएका श्याम बहादुर कार्की मुखको क्यानसर बाट पिडित हुनु भएको छ ।

मुखको अर्वुद (क्यान्सर) रोग लागेकाले उपचारमा निकै खर्च लाग्ने तर उहाँको आर्थिक अवस्थाले नधान्ने भएकाले समस्त शिक्षा प्रेमी तथा सह्योगी मनहरुमा सक्दो आर्थिक सह्योग गरिदिन अनुरोध गरिएको छ ।

डोटी जिल्लाको विकट स्थान सायल क्षेत्रमा शिक्षाको ज्योति छर्दै आउनु भएका कार्कीलाई हाल उपचारार्थका लागि भारतको राजिव गान्धि क्यानसर इन्स्टिचिउट दिल्लिमा उपचारत भइरहेको छ ।
पेशाले उहाँशिक्षक भए पनि अप्रेशन गर्न धेरै आर्थिक चाहिएको हुदा सम्पुर्ण महानुभावले तल दिएको विवरणमाआर्थिक रुपमा सक्दो सहयोग गरी उहाँको ज्यान बचाईदिनुहुन अनुरोध गरिएको छ ।


