कैलालीमा युवक मृत्युको घटनामा ४ जना पक्राउ

१३ कात्तिक, धनगढी । कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन् ।

गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करण बिकको मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

ओलानीमा जुवातास खेलिरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरीको टोली जुवाखालमा पुगेको थियो । प्रहरी त्यहाँ नपुग्दै जुवातास खेलिरहेकाहरु भागेका थिए तर बिक भने भोलिपल्ट स्थानीय कुलोमा मृत भेटिएका थिए ।

 

सुरुमा जुवाखालबाट भाग्ने क्रममा बिकको मृत्यु भएको आशंका गरिएको थियो तर घटनामा बिकसँगै रहेका चार जनाको शंकास्पद भूमिका देखिएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।चार जना पक्राउ परेपछि मृतक बिकका परिवारले मंगलबार मात्र उनको शव बुझेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश बिक र गंगा साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले जानकारी दिए ।उनका अनुसार मृतक बिकका परिवारले उनीसँगै रहेका चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो ।

 

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...