बझाङ्ग जिल्लामा एच आइ भी संक्रमितको संख्या विकराल

बझाङको केदारस्यूँ गाउँपालिकामा सबैभन्दा बढी एचआइभी सङ्क्रमित भेटिएका छन । जिल्लाका १२ स्थानीय तह मध्य केदारस्यूँ गाउँपालिकामा सबैभन्दा बढी १९ जना एचआइभी सङ्क्रमित भेटिएका हुन । उनीहरुले अहिले औषधी सेवन गरिरहेका छन ।
हाल जिल्लाभर एक सय ६७ जना एचआइभी सङ्क्रमित रहेका छन ।

एक सय ६७ जना एचआइभी सङ्क्रमित भेटिएको भएपनि फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा पाइएको छ ।

तथ्याङ्कानुसार थलारा गाउँपालिकामा १८, छबिसपाथिभेरा गाउँपालिकामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा ९, बित्थडचिर गाउँपालिकामा ८ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी÷टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए।उनका अनुसार जयपृथ्वी नगरपालिकामा ८, मष्टा गाउँपालिकामा ३, खप्तडछान्ना गाउँपालिाकामा ३, तलकोट गाउँपालिकामा २ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेका छन्। ’जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्, उनले भने, ’कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहेका छन्।’

तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिनामा ८ जना नयाँ सङ्क्रमित देखिएका छन्। जिल्लामा १५ हजार ९ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको पण्डितले बताए ।
जिल्लामा कार्यक्रम लागू भएका पालिका तथा समुदायमा एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थायी साधन वितरण गर्दै आएको बताए।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...