डोटीमा पुरुषले समेत पढ्न थाले स्टापनर्स विषय

रामबहादुर देउबा–डोटी ,केटीहरुले मात्र पढ्ने गरेको स्टाप नर्स विषय डोटीमा केटाले समेत पढ्ने गरेका छन् । स्टाप नर्स भन्ने वित्तिकै मानिसको मानसिकतामा केटीहरुले नै पढ्ने विषय भन्ने मानसिकतालाई चुनौती दिदै दिपायल सिलगढी नगरपालिका वार्ड नं १३ बस्ने प्रजोल कठायतले सुजङ्ग नर्सिङ्ग स्कुल राजपुरमा नर्सिङ्ग विषयको अध्ययन गरिरहेका छन् ।

सनै देखी विरामीको सेवा गर्न रुचाउने प्रज्वल आफ्नै लगानीमा स्टाप नर्स विषय पढिरहेका छन् । जम्मा चालिस जना स्टाप नर्सको कोटामा अठतिस जना केटीहरु छन् भने दुई जना मत्र केटाहरुले अध्ययन गरिरेका छन् ।

विगतका वर्षहरुमा केटीहरुले मात्र अध्ययन गरेको विषय यस वर्ष देखी मात्र केटाहरुले समेत पढ्ने गरेको सुजङ्ग अस्पताल प्रमुख अर्जुन बलायरले बताउनु भयो । अस्पतालमा बिरामी केवल महिला मात्र आउने नभएर पुरुष समेत आउने भएकाले उपचार तथा परामर्श गर्दा स्टाप नर्स महिलाका साथै पुरुष समेत भएको खण्डमा सहजता हुने सुजङ्ग अस्पताल प्रमुख अजुन बलायरले बताउनु भयो ।

देश तथा विदेशमा समेत पुरुष स्टाप नर्सको माग दिनानुदनि बढी रहेकाले पुरुष स्टाप नर्सले सहझै स्वावलम्वी बन्ने निश्चित छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...