अछाम जिप दुर्घटनामा १४ जना घाइते

अछामको मंगलसेन नगरपालिका–७ मा भएको जिप दुर्घटनामा १४ जना घाइते भएका छन्।

बाजुराबाट सुर्खेतका लागि छुटेको भे १ च २५७६ नम्बरको जिप मध्यपहाडी लोकमार्गमा मंगलबार दुर्घटना भएको हो । दुर्घटनामा परेर हुम्लाका जिप चालक काबु लामा, प्रिन्स फडेरा, प्रतिज्ञा फडेरा र रत्न फडेरा घाइते भएका छन् ।
No description available.
                     Open photo        बान्नीगढी जयगढ गाउँपालिका अछाम द्वारा जनहितमा जारी सन्देश

 त्यस्तै पुर्णबहादुर रावल, कुशे कार्की, रामसिला फडेरा, रुपा कार्की, दिब्या रावल, धर्म फडेरा, मैना रावल, रंजिता रावल, हिराजन कार्की र नम्रता फडेरा पनि घाइते भएको प्रहरीले बताएको छ । जिप चालक काबु लामा सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।घाइतेमध्ये चार वर्षीय प्रिन्स फडेरालाई सुर्खेत रिफर गरिएको र अन्य घाइतेहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रबि यादवले बताए ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...