पुस१३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।समारोहमा १४ हजार बढी विद्यार्थीहरु दीक्षित भएका त्रिविले जनाएको छ । विभिन्न तह र विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पदकसहित सम्मानित गरिए छ ।





