रित्तिदैछन् गाउँ उजाड बन्दै छ बस्ति , मलामी जाने समेत नपाइने भयो अवस्था

मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली बिदेसिए

रामबहादुर देउबा (डोटी  –       स्वदेशमा रोजगारीको अवस्था नभए पछि हिजोआज हजारौ यूवाशक्ति विदेशी भूमिमा रगत रपसिना बगाउन बाध्य भएका छन् । रोजगारीको हकलाई नेपालको संविधानले मौलिक हकको रुपमा राखेको भएता पनि त्यो संवैधानिकहक केवल कागजमा मात्रै सीमित रहेकोछ । दैनिक गुजारा चलाने अवस्था स्वदेशमा नभ पछि बाध्यताले दैनिक जसो हजारौ यूवाजमात स्वदेश प्रति बिदाइको हात हल्लाउन बाध्य छन । कारण केवल दैनिक जीविका चलाउनका लागि मात्र ।

Open photo      सायल गाउँपालिका डोटी द्वारा जनहितमा जारी सन्देश

No description available.

यसरी विदेशिने यूवाजमात कोही आउछन् सास बोकेर त कोही आउछन् काठको बाकस भित्र चीरनिन्द्रा लिएर ।

भएका औेधोगिग क्षेत्रहरु धमाधम बन्दहुदा अन्य रोजगारिका अवसर सृजना गर्ने स्थान नभए पछि नेपाली यूवा जमातले बाध्यतालेनै स्वदेश छोड्नु परेको कहाली लाग्दो अवस्था देखापरेको हो ।

यसरी गाउँ नै रिता भए पछि घरमा कोही बिरामी भयो भने हेरबिचार समेत गर्ने काही नभए पछि स्वदेशमा रहेका बालबच्चा र बृद्धाहरु समस्यामा परेका हुन । यसरी हरेक क्षेत्रमा परनिर्भर्ता मात्र हुने हो भने यो देशमा अन्यकौ थरिका शासनव्यवस्था आएता पनि जनताका समस्या भने जिउकातिउ रहेका छन ।

मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । मंसिर महिनामा संसारका १०८ देशमा वैदेशिक रोजगारीका लागि जान भन्दै नेपालीहरूले श्रम स्वीकृति लिएका छन् । त्यसरी बाहिरिनेमा ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ जना महिला रहेका छन् । श्रम स्वीकृति लिनेमा पनि ३१ हजार ४९६ जना पुरुष र ४ हजार ५८४ जना महिला रहेका छन् ।
मंसिर महिनामा व्यक्तिगत श्रम स्वीकृतिमार्फत ७ हजार ९९७ जना बिदेसिएका छन् । मेनपावर तथा एजेन्सीमार्फत २६ हजार ३७५ जना बाहिरिएका छन् । ७३५ मेनपावर कम्पनीमार्फत उनीहरू बाहिरिएका हुन् । त्यस्तै मंसिर महिनामा सरकारले   नै १ हजार ७०८ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । जसमा सबै जना दक्षिण कोरिया गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेहरूको संख्या ३५ हजार १९६ रहेको छ ।

वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । जहाँबाट मंसिर महिना मात्रै पुनः श्रम स्वीकृतिसहित ३ हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोस्रोमा झापा रहेको छ । झापाबाट ३ हजार ३९७ जनाले पुनः श्रम स्वीकृतिसहित श्रम स्वीकृति लिएका छन् ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...