धेरै पटक, हामी आत्महीनताको भावना प्रदर्शन गर्ने गर्छौं। हामी आफूलाई अरूभन्दा कम मूल्यवान भनेर वर्गीकरण गर्छौं। यो बाहिरी संसारमा मात्र होइन, तर मण्डली भित्र पनि हुन्छ। हामी राजनीतिज्ञहरू र सरकारी अधिकारीहरूलाई परमेश्वरको मण्डलीको रूपमा छिट्टै सम्मान दिन्छौं, उनीहरूसंग परमेश्वरसंग भन्दा बढी डराउँछौं।
त्यस्तैगरी, ख्रीष्टको शरीरभित्र पनि हामी यो गल्ती गर्ने गर्छौं। हामी विभिन्न पास्टरहरु र अगुवाहरूलाई हेरौं, अनि उनीहरूलाई आफूभन्दा उच्च र ठूला ठान्छौं। होइन! होइन! होइन!
हामी आत्महीनताको जटिलताबाट ग्रस्त छौं, जसले गर्दा हामी पहिले नै निष्कर्ष निकालिसकेका हुन्छौं कि हामी अरूभन्दा कम योग्य र कम महत्वपूर्ण छौं। यसले तपाईंलाई आत्म-हीनताको छवि दिन्छ र तपाईंलाई ठूलो सामर्थ्यबाट अलग गरी सानो र कमजोर बनाउँछ।
आत्महीनताको जटिलता, विशेष गरी पास्टरहरु र अगुवाहरूका लागि, एकदमै रोकावट ल्याउने र घाँटी निमोठ्ने जस्तो हुन्छ। यसले हाम्रो राज्यको जिम्मेवारीलाई रोक्छ। यसले हाम्रो दृष्टिकोण र हाम्रो जिम्मेवारीलाई बिगार्छ, जसले गर्दा हामी आन्तरिक द्वन्द्वमा फस्छौं।
मेरो सल्लाह छ—तपाईं आफ्नो बोलावटको आत्मिक भावनासँग चाँडै एकीकृत हुनुहोस्। तपाईंलाई स्वयं परमेश्वरले बोलाउनुभएको छ, जसले तपाईंलाई हेरिरहनुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, सामर्थ्य दिनुहुन्छ, र अन्त्यसम्म शक्ति दिनुहुन्छ।
पास्टरहरु र अगुवाहरू प्रचार गर्ने काम परमेश्वरद्वारा दिइएको उच्चतम, महानतम र महिमामय बोलावट हो।
अय्यूब १३:२ हामीलाई यो बुझ्न मद्दत गर्छ कि हामी “स्थिति जस्ताको तस्तै रहने मान्यता” लाई चुनौती दिन सक्छौं। ठूलो पास्टर , महान पास्टर , महत्वपूर्ण पास्टर भन्ने केही हुँदैन। सबै, जसलाई परमेश्वरले सेवाको लागि बोलाउनुभएको छ, उहाँकै सन्तान हुन्, र उहाँको प्रतिनिधित्व गर्छन्।
हामी पास्टरहरु र अगुवाहरूले तत्काल हाम्रो सोच्ने तरिका परिवर्तन गर्नुपर्छ—ख्रीष्टको शरीरभित्र वा बाहिर, कोही पनि हामीभन्दा श्रेष्ठ छैनन्। आत्महीनताको आत्माले हाम्रो जिम्मेवारीलाई रोक्न र मत्ती २८:१९ पालन गर्न ढिलाइ गर्न सक्दैन।
ख्रीष्टको शरीरभित्र एस्तर, दाऊद, दानिएल, रूथ, पत्रुस, मरियमहरू छन्। ती नाम मात्र उदाहरण हुन्। तपाईंले विचार गर्नुपर्छ कि तपाईं कसलाई आफ्नो प्रेरणाको स्रोत बनाउनुहुन्छ। तर सर्वप्रथम, तपाईं परमेश्वरको प्रतिरूप हुनुहुन्छ।
त्यसैले निराश नहुनुहोस्—तपाईं राज्यको उद्देश्यका लागि बोलाइएका हुनुहुन्छ।
हरेक आत्महीनताको भावना येशूको नाउँमा हाम्रो खुट्टामुनि कुचिनुपर्छ।
तपाईं अगाडि बढ्नुपर्छ र “समाप्ति” सम्म पुग्नुपर्छ।
तपाईं सक्नुहुन्छ, पास्टर र अगुवा—आत्महीनतालाई आफ्नो राज्यको जिम्मेवारी र लक्ष्यबीचमा आउन नदिनुहोस्!
डा. जोएल रेग्मी


