प्रियहरु,
तपाई सधैं परमेश्वरलाई आफ्नो जीवनको स्रोत बनाउनुहोस्। तपाईंलाई यो जीवन बाँच्न र परमेश्वरको राज्यको आज्ञा पूरा गर्न आवश्यक पर्ने सबै कुराहरूका लागि उहाँ नै पर्याप्त हुनुहुन्छ। यदि तपाईंको परिचय उहाँमा कुँदिएको छ भने, त्यसलाई उहाँमै रहन दिनुहोस्। शत्रुले तपाईंलाई परमेश्वरबाट टाढा लैजान नदिनुहोस्, किनभने उहाँ नै तपाईंको वास्तविक स्रोत हुनुहुन्छ र उहाँ कहिल्यै असफल हुनुहुन्न।
हरेक दिन तपाईंको जीवनको कथा परमेश्वरसँग मेल खानुपर्छ। तपाईंको कथा अरू कसैले लेख्न सक्दैन, किनभने तपाईंको जीवन अरू कसैले बाँच्न सक्दैन। तपाईं मात्र यसलाई बाँच्न सक्नुहुन्छ, त्यो पनि केवल येशू ख्रीष्ट मार्फत। तपाईंले दैनिक लेख्ने जीवनको कथा तपाईंका लागि बहुमूल्य छ, त्यो भन्दा बढी जसले तपाईं पृथ्वीबाट गइसकेपछि पढ्नेछन्। आफ्नो जीवनको कथा लेख्दा तपाईंले हरेक दिन सुधार गर्ने अवसर पाउनुहुन्छ। यसले तपाईंलाई परमेश्वरले तपाईंको लागि तोक्नुभएको मार्ग अनुसार उहाँका नैतिक मूल्य र प्राथमिकतासँग आफ्नो जीवनलाई मिलाउन सहयोग गर्दछ।
“तपाईंको जीवनको कथा लेख्दा, कलम अरू कसैलाई नदिनुहोस् – तपाईं आफैं लेख्नुहोस्।”
यहोशू २१:४५ को वचनले हामीलाई सही ढंगले सोच्न र परमेश्वरमा विश्वास राख्न प्रेरित गर्छ। हामी परमेश्वरका लागि एउटा भाँडो बनेर जिउँदा, उहाँका प्रतिज्ञाहरू कहिल्यै असफल हुँदैनन्। हामी हरेक दिन आफ्नो कथा लेख्दै जाँदा मात्र यसको अनुभूति गर्न सक्छौं।
यो कथा लेख्ने कार्य एक अद्वितीय कथा हो, जुन अरूले तपाईं बितेपछि भन्ने होइन, तर तपाईं आफैं भन्नुपर्ने कथा हो—
• तपाईंलाई उत्साहित गर्न,
• तपाईंलाई सशक्त बनाउन,
• तपाईंलाई सुधार गर्न,
• तपाईंलाई शिक्षित गर्न,
• तपाईंलाई उच्च स्थानमा पुर्याउन,
• तपाईंलाई विस्तार गर्न।
जबसम्म तपाईं पृथ्वीमा हुनुहुन्छ, परमेश्वरको राज्य विस्तारको निम्ति उहाँको आज्ञा पालन गर्दै हुनुहुन्छ, तबसम्म यो कथा लेख्न नछाड्नुहोस्।
यस महान् अवसरलाई नबिराउनुहोस्।
अरू कसैले तपाईंको कथा लेख्न नपाओस्। तपाईं आफैं आफ्नो आत्मकथा लेख्नुहोस्। तपाईंको जीवनको जीवनी अरू कसैले लेख्ने होइन।
परमेश्वरले तपाईंको हातमा कलम राख्नु भएको छ।
तपाईं नै निर्णय गर्नुहोस्!
डा. जोएल रेग्मी


