बैज्ञानिक महावीरलाई सुनको गहना ।

बैज्ञानिक महावीर पुन आफ्नो फेसबुक मा लेख्छन्, सुनको गहना उपहार – आज भेडेटारबाट धरान झर्दै गर्दा, बजार देखि अलि बाहिर एउटा टोलमा किताब बेच्दै जाँदा एक जना बहिनी दौडदै मेरो सामु आइपुगिन् र यो फोटोमा देखाइएको सुनको गहना दिईन्। मैले उनको गहना लिन चाहिन, तर उनले भनिन्, “यो बीरगञ्जको कृषि औजार कारखानामा सहयोग हो दाजु, र यो मेरो आफ्नै गहना हो,” त्यसपछि मैले गहना लिने निर्णय गरे।

मैले उनको घर हेरें, जुन टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो। उनले फोटो खिच्न चाहिनन् र नाम पनि उल्लेख नगर्न भने। उनी ३५ वर्षका जति देखिन्थिन् र थर राई थियो।

धरान बजारमा आएर मैले गहना सुन पसलमा जोख्न लगाएँ। त्यो गहना ६ आनाको थियो र यसको मूल्य लगभग ६२ हजार रुपैयाँ पर्छ। ती बहिनीले बीरगञ्ज कृषि औजार कारखानाका थुप्रै भिडियो युट्युबमा हेरेको बताइन्।

dcs 1
Damu 1
dandako khbar 1
Loading...