पत्रकार महासंघको बिरोध ।

१६ चैत । हिजो भएको राजावादी हरुको आन्दोलनमा समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् ।

शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घर बाहिर राजावादी प्रदर्शन गरिरहेका थियो र प्रदर्शनकारिहरुले यही घरमा आगो लगा दिएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । आन्दोलनकारीहरुले बाहिर आन्दोलन गरि रहेका थिए रजक भने घर भित्र बसेर भिडियो खिचिरहेका थिए ।यहि घरमा आन्दोलनकारि हरुले आगो लगाएका कारण उनी बाहिर निस्किन पाएनन् । पत्रकार रजक त्यहि जलेर मृत्यु भएको थियो । आज पत्रकार महासंघ ले आमसञ्चार माध्यममा आक्रमण गरिएको भन्दै माईतिघर मण्डलामा विरोध जनाएका छन ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...