नेपाल प्रहरीका हवल्दारमाथि हातपात, बर्दीमै पुगेका थिए भारत

नेपाल प्रहरीका एक हवल्दारमाथि हातपात भएको छ । मंगलबार कञ्चनपुरस्थित नेपाल भारत सीमाबजार गौरिफन्टामा हवल्दारमाथि हातपातसहित अभद्र व्यवहार गरिएको हो ।

प्रहरी चौकी डोकेबजारमा कार्यरत प्रहरी हवल्दार विवेक कोलीलाई भारतीय क्षेत्रमा त्यहाँका स्थानीयले अभद्र व्यवहार गरेका हुन् ।उनी बर्दीसहित भारत छिरेका थिए ।

प्रहरीमाथि हातपात गर्ने तस्करहरु रहेको बुझिएको छ । ती हवल्दारलाई चारजना युवकले समातेर अभद्र व्यवहार गरिरहेको भिडिओमा देख्न सकिन्छ ।

तर, ती हवल्दार आफन्तलाई बससम्म छोड्न गौरीफन्टाको बसपार्कसम्म पुगेको बताइएको छ । घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...