डोटी जिल्लाका ग्रामिण क्षेत्रमा पाटे बाघको आतङ्क

 

रामबहादुर देउबा (डोटी)   प्रकृतिले हरेक जीवहरुको आफैले व्यवस्थापनगरेको हुन्छ ।विविध कारणले जब पारिस्थितिक पद्धती बीच असन्तुलन देखापर्छ  त्यसको प्रत्यक्ष असर मानव लगाएत हरेक जीबहरुमा परेको हुन्छ ।

No description available.

यस्तै असर परेको छ सायल गाउँपालिकाका ग्रमिण क्षेत्रहरुमा पाटे बाघले निकै नै आतङ्क देखाको छ । सायल गाउँपालिकाको वार्ड नं १  छपाली कौराडीमा कयौँ कृषकको विचल्ली परेको छ ।

कहिल्यै कहिल्यै त एक दिनमा १५ वटा बाख्रा मा¥यो स्थानीयले भने । यसरी बाघले वनमा चराउन लगेका बेला बाघले गाई बाख्रा मार्न थाले पछि स्थानयिहरु पशुपालन व्यवसाय बाट दैनिक जिविका चलाउनमा निकैनै समस्या परेको स्थानीय कृषक बताउछन् ।

एउटै बाख्रको मूल्य १५ देखि २0हजारसम्म पथ्र्यो १५ वटा बाख्रा बाघले एकै दिनमा सखाप पार्दा लाखौँको नोक्सान भएको छ स्थानीयले भने । पछिल्लो चरणमा बाघले वनमा चराउन लगेका वस्तुभाउका साथै रातिको समयमा कुकुरलाई समेत खाने गरेकाले गाउँभरिका कुकुर नै सखाप हुन पुगेका छन् ।
पहिले पहिले वनपाखाहरुमा देखा पर्ने पाटे बाघ पछिल्लो समयमा रातिको समयमा गाउँघर नजिकमा समेत देखा पर्नाले स्थानीयहरु बाघको त्रासले दुखि बन्न पुगेका छन् ।

साझको समयमा बाघले प्रायः अधिकांशले पालेका कुकुर खान थाले पछि बाघ मानिसमा पनि आक्रमण गर्न सक्छ की भनेर स्थानीयहरु साझ पर्ने बित्तिकेै ढोका लगाउन बाध्य भएका छन् । हिउदो समयमा वेसी(स्थानीय भाषमा औल) तिर र वर्षातको समयमा पहाड (लेकस्थानीय भाषमा) प्राय जसा बाघ े देखा पर्ने भएकाले स्थानीय बासिन्दाको मानस पटलमा बाघको त्रास सधै भरि रहेको छ ।

मानिस माथी पनि पाटे बाघको आक्रमण 

केही समय अघि पशुचौपायाहरमा मात्र आत्र,मण गर्ने पाटे बाघले पछिल्लो समयमा मानिसहरमा समेत आक्रमण थालेको छ ।

सायल गाउापालिकाको क्षेत्रमा धेरै जसो कृषकका पशुचौपायाहरु करिब एक बर्ष अधि देखि खान थालेको पाटे बाघले पछिल्लो समयमा पूर्वीचौकी गाउापालिकाको वार्ड नं .२ कुडासैनमा स्थानी बालिका माथि आक्रमण गर्दा १३ वर्षिया बलिका किडी ठकुल्ला सख्त घाइते भएकी छन। यही पौष३गते ठकुल्लालाइ आक्रमण गरेको हो ।

 

 

 

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...