हर्कबहादुर देउबाः–चेन्नाइ भारत भारतमा खान पकाउने ग्याँस चुहिएर ५ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाल घर कंचनपुर जिल्ला बेलौरी नगरपालिका स्थाई बसोबास भएका संदेश तिरुवा, निकला तिरुवा स्वजगारीको शिलशिलामा भारत बैंगलोरको गारापल्या लक्ष्मीलेआउट भन्ने स्थानमा बस्दै आएका थिए ।
एउटै कोठामा बस्ने संदेश तिरुवा, निकला तिरुवा लगायत आफन्त गरी ५ जनाको खाना पकाउने क्रममा एल पी ग्यास चुहिन गइ सख्त घाइते भएका थिए । आगोले पुरै शरिर जली सकेका उहाँहरुलाई लगतै अस्पतालमा लगि उपचारको क्रममा यही पौष १२ गते दुखद निधन भएको खबर भारतको चेन्नाइ बाट हर्क बहादुर देउबाले जानकारी दिनु भएको छ । सावधानी नअपनाउदा खाना पकाउने ग्याँस चुहिएर बर्षेनी कयौ मानिसको ज्यान अकालमा नै जाने गरेको छ ।


