तराईका जिल्लामा अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित

कैलाली ,कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो।
कुहिरो र हुस्सुकै कारण बजार क्षेत्रका पसल ढिलोगरी खुल्न थालेका छन्।

No description available.

शिखर नगरपालिका डोटी द्वारा जनहितमा जारी सन्देश

बजार क्षेत्रमा बिहानीको समयमा हुने चहलपहलको कार्यमा समेत कमी आएको छ । हुस्सु र कुहिरोकै कारण सडक क्षेत्रमा ‘भिजिविलिटी’ कम हुँदा सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको छ। ‘सडकमा पाँच मिटर परसम्म पनि बिहानीको समयमा कुहिरो र हुस्सुका कारण देख्न सकिने अवस्था हुँदैन ।’ पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुवाहक सवारीसाधन चालकले पनि हुस्सु र कुहिरोकै कारण निकै सावधानी पूर्वक सवारी साधन चलाउनुपर्ने अवस्था रहेको छ। विद्यालय जाने बालबालिका, बुढापाका, दीर्घरोगी, मजदुर, गन्तव्यमा जाने यात्रु चिसोबाट बढी प्रभावित भएका छन्।

dcs 1
Damu 1
dandako khbar 1
Loading...