मृतक परिवारलाई नगरप्रमुख हमालले हस्तान्त्रण गरे रु सात लाख सन्ताउन्नहजार

रामबहादुर देउबा ,  धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपी हमालले स्वर्गिय वीरेन्द्र शाहाको परिवारलाई राहत रकम हस्तान्त्रण गर्नु भएको छ ।No description available.    सघन सहरी तथा भवन निर्माण आयोजना राजपुर डोटी द्वारा जनहितमा जारी सन्देश

नगर प्रमुख हमालको विशेष पहल तथा अछाम सेवा समिती कैलालीको आयोजनामा ललितपुर, ग्वार्कोमा प्रहरीको गोली लागि मृत्यु वरण गरेका स्वर्गिय विरेन्द्र बहादुर शाहको परिवारलाई नेपालबाट रोजगारीको सिलसिलामा कोरिया गएका नेपाली दाजुभाइ, दिदिबहिनी बाट संकलित राहत रकम रू७,५७,०००हस्तान्त्रण गरिएको हो ।

एक कार्यक्रमका बीच नगर प्रमुख गोपी हमालले उक्त विदेश बाट आफन्त तथा शुभइच्छुक बाट संकलित रकम स्वर्गिय बिरेन्द्र शाहको परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।

दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली ईपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपामा २ जना युवा सुजन राउत र विरेन्द्र शाहमाथि प्रहरीको गोली लागि यही पौष १३ गते मृत्यु भएको थियो।

dcs 1
Damu 1
dandako khbar 1
Loading...