बझाङ्ग – बझाङ्गमा फेरी भूकम्प गएको छ । गएराति ११ बजेर ३२ मिनेट जाँदा जिल्लाको छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । क्षतिको विवरण भने आएको छैन ।
स्वास्थ्य कार्यालय डोटी द्वारा जारी सन्देश
चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।
बझाङ्ग लगायत सुदूरपश्मिका विभिन्न क्षेत्रमा पटकपटक भुइचालो आइरहने भएका कारण स्थानीयहरु कति बेला पो ठुलेै खालको भुइचालो आउने हो भनेर त्रसित बनेका छन ।
सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा निस्किएका थिए । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार परकम्पको गइरहेको छ ।


