बझाङः बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।
जिल्लाको केदारस्युँ गाउँपालिका–९ लामेकी ४५ वर्षीया गौमतीदेवी धामी शुक्रबार लामेभिर जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्।
दिपायल डोटी द्वारा जनहितमा जारी सन्देशजिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि जिल्ला अस्पताल बझाङ लगिएको थियो। जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।


