छोटोदुरीको पछाडी लाग्दा चार जनाले अकालमा नै ज्यान गुमाए
कार दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु
काठमाण्डौ प्रवेश गर्ने छोटो दुरीको पछाडी लाग्दा चार जनाले अकालमा नै ज्यान गुमाएका छन भने घाइतेहरु सिकिस्त अवस्थामा रहेका छन । हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरिमा कार दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ
नेपाल विधुत प्राधिकरण शाख कार्यालय दिपायल डोटी द्वारा जनहितमा जारी सन्देश
नाङ्गो तारलाइृ छुनेकाम नगरौ । बिधुत प्रयोग गर्न नजानेको अवस्थामा निकैनै खतरा हुने भएका कारण स–साना बालबालिकाहरुको पहुँच भन्दा टाढा नै स्वीच राखौँ । समयमा नै विधुत महशुल तिरी सभ्य नगरिकको परिचय दिऔँ । बिधुत चोरी दण्डनिय अपराध भएकाले बिधुत चोरी नगरौँ । सक्षम व्यक्ति बाट मात्र घरको विधुतिकरण गराऔँ । अनावश्य विधुतको प्रयोग नगरौ । कहि कतै नाङ्गो तार भुईमा झरेको देखेको खण्डमा नजिकको विधुत कार्यालयमा जानकारी गराऔँ
प्रदेश ३— ०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ मा दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले बताए ।
६ वर्षीय स्माइल गौतम भने घाइते भएका छन् । उनलाई उपचारको निम्ती काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनीको अवस्था पनि गम्भीर छ । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।
शनिबार उनीहररू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौंडा-काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ ।


