टोकियो- जापानको इशिकावा प्रान्तमा गएको ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ ।
स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
नेपाल विधुत प्राधिकरण शाखा कार्यालय दिपायल
नाङ्गो तारलाइृ छुनेकाम नगरौ । बिधुत प्रयोग गर्न नजानेको अवस्थामा निकैनै खतरा हुने भएका कारण स–साना बालबालिकाहरुको पहुँच भन्दा टाढा नै स्वीच राखौँ । समयमा नै विधुत महशुल तिरी सभ्य नगरिकको परिचय दिऔँ । बिधुत चोरी दण्डनिय अपराध भएकाले बिधुत चोरी नगरौँ । सक्षम व्यक्ति बाट मात्र घरको विधुतिकरण गराऔँ । अनावश्य विधुतको प्रयोग नगरौ । कहि कतै नाङ्गो तार भुईमा झरेको देखेको खण्डमा नजिकको विधुत कार्यालयमा जानकारी गराऔँ
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ ।
भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा आइतबार ७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ ।
सोमबारदेखि मङ्गलबारसम्म होकुरिकु क्षेत्र र निगाता प्रिफेक्चरमा चिसो हावा चल्ने अनुमान गरिएको छ । चीसोले गर्दा जापानी समुद्रको तटीय क्षेत्रमा भारी हिमपात हुनेछ ।
यसैबीच, जनवरी १ मा गएको शक्तिशाली भूकम्पपछि देशको सात तहको प्रणालीमा एक वा सोभन्दा बढी को तीव्रताका भूकम्पका झट्का शनिबार अपराह्न ४ बजेसम्ममा एक हजार ३६८ पटक मापन गरिएको जेएमएले जनाएको छ ।


