रामबहादुर देउवा –डोटी जलवायु परिवर्तनको प्रत्यक्ष असर जतिको कृषकलाई परेको हुन्छ त्यत्तिको असर सायद अरुलाइ परेको छैन होला । यो समयमा खेत हरियाली भएर बहुँले फक्रने बेला हो ।
पानी नपर्दा प्राय जसो भिरपाखा तिरको जमिन रिता जस्तै देखिन थालेका छन । आकाशको पानी नपर्दा धेरै जसो किसानको विचल्ली जस्तै भएको छ ।
खोला तथा नहरको पानीले सिचाइ गरेता पनि आकाशको पानीले जस्तो सिचाइ नहुने र त्यस्तो प्रतिफल समेत नपाइने कृषि क्षेत्रका जानकारहरु बताउछन ।
भएको पानीका श्रोतको समेत सही तरिकाले प्रयोग हुन ससक्दा ती श्रोतहरु खेर गइरहेका छन ।
यता हरेक स्थानीय तहःहरुमा कृषिशाखा राखे भएता पनि त्यसले कर्मचारीलाई तलब भत्ता खुवाउने वाह्यक अरु सिन्को समेत भाच्न नसकेका कारण राज्यको लगानी कागजी रुपमा देखिएता पनि व्यवहारिक रपमा भने खासै प्रभावकारी देखिएको छैन ।
कुनसमयमा कुन वाली लगाउने माटोको गुणसतर कुन खालको छ भन्ने कुरा कृषकले सहझै तरिकाले थाहा नपाउने भएकाले त्यसको लागि कृषि प्राविधिकको परामर्श आवश्यक भएता पनि त्यस खालको ज्ञानसीप नपाएको सरोकारवाला कृषकहरु बताउँछन । भगवान भरोषा राखेर बाली छर्छौ ।
नत कुनै प्राविधिक आउँछन् नत कषि समन्धिका मलबीउ पाउछौँ । जसको पहुँच छ उसैले हरेक क्षेत्रका सह्योग पाउछ जसको भनसुन गर्ने कोही छैन उसले केही पाउदैन कृषकहरुले गुनासो पोखेका छन ।
पहिला दलको मानछे होकी होइन त्यसलाई ख्याल राखि,अनि उसको चुनाबको समयमा कस्तो सकृयता रह्यो त्यसैलाई मूल्याङ्कनको मुख्य आधार मानेर मानेर कृषिका सामाग्री पाउने गरेको स्थानयि सरोकारवालाहरु बताउछन् ।


