सूचना पाटी मार्फत नैतिक दवाब

 

 

रामबहादुर देउबा –डोटी ,   समयको बेग सङ्गै मुलुकमा अन्यकौ प्रकारका व्यवस्थाहरु देखापरे । अहिले आएर लोक तन्त्र गण तन्त्र भनेर अन्यकौ प्रकारका व्यवस्था देशमा हुदा पनि विकट वस्तिका समस्याहरु भने जीउका जिउ रहेका छन् ।

पहुँच हुनेहरुले एक पटक सम्मपन्न भइसकेका योजनाहरुमा पुनः योजना ल्याएर कार्यकर्ता पोस्ने कामले त निकै नै प्रश्रयता पाएको देखिन्छ भने जसको भनसुन गर्ने कोही पनि छैन त्यो ठाउँमा विकास त कुन चरीको नाम हो झै भएको छ भन्नमा सायद फरक नपर्ला ।

डोटी जिल्लाको अति नै विकट वस्तिमा रहेको स्थान हो सायल गाउँपालिका अन्तरगत पर्ने छपाली । बाइसे चौबिसे राज्यको बेलामा यो ठाउँ बझाङ्ग जिल्ला अन्तरगतको थलारामा रहेको थियो भने नेपाल एकिकरण पश्चात यो स्थान डोटी जिल्ला अन्तरगत रहेको स्थानीय बुढापाकाहरु बताउछन् ।Open photo

खप्तडको त्रिवेणधिाम भएर बग्ने साइलीगाडले यो स्थानलाई निकै नै दुख दिने गरेको पान्छ । वर्षातको समयमा उर्लियर बग्ने साइली गाडले छपाली सम्म जोड्ने मोटर बाटो अबरुद्ध गर्ने भएका कारण छपालीमा वर्षको मुस्किलले ४,५, महिना समम्ममात्र हलुका सवारी साधन चल्छन ।

साइली गाडमा मोटेरेबल पुल नबन्दा छपालीका वासिन्दालाई विरामी पर्दा अस्पताल ल्याउन कित डोकोमा बोक्नु पर्ने हुन्छ भने कित स्टेचरमा । चुनाबी समयमा प्राय जसो सबै नेताहरुको मूख्य नारा बन्ने मोटेरेबल साइली गाड पुल चुनाबी मतपरिणाम सार्बजनिक सङ्गै हराएर जान्छ ।

गाउँका समस्या गाउँमा नै समाधान गरी विकासमा विकेन्द्रिकरणको अवधारणा अनुसारको काम होस भन्ने मुख्य अभिप्रायले देशमा संघियता आएको भएता पनि छपालीलाई हर्ने नजरमा कुनै फरक नआएको स्थानीय बताउछन ।

उपक्षेत्रिय अस्पताल डडेल्धुरा द्वारा जनहितमा जारी सन्देश

 चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।

उसो त पटक–पटक सायल गाउपालिका समक्ष यो समस्याका बारेमा जानकारी पनि त नगराएको होइन । गाउँपालिकाले समेत मोटेरेवल पुलको लागि कुनै पनि सिन्को भाच्न नसके पछि वडा कार्यालय छपालीको सौजन्य तथा सामाजिक अभियान्ता तेजबहादुर डुम्रेलको बिशेष पहलमाछपाली प्रवेश गर्ने साइलीगाड बग्ने स्थानमा नै हेलो सरकार साइलीगाड पुल खै भनेर साइन बोर्ड टासेर सरकारलाइ नै झकझक्याउन थालिएको हो ।

उता साइल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले भने साइली गाड मोटेरेवल पुल निर्माणका लागि गाउँपालिकाको बजेटले नधान्ने र प्रदेश सरकार र संघिय सरकारलाई पुल बनाउनका लागि बजेट दिन पटक पटक आग्रह गरेको भएता पनि कुनै चासो नै नदिएको जानकारी दिनु भयो ।

सबैको नजर पर्ने स्थानमा नै साइन बोर्ड बनाएर टास्दा नैतिक दवाब सिर्जना हुने विश्वास लिएका छौ समाजिक अभियन्ता तेजबहादुर डुम्रेलले भने । जब सम्म साइली गाडमा मोटरेवल पुल बन्दैन तब सम्म सबैको नजर पर्ने स्थानमा यो बोर्ड राखिने जनाएको छ ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...