धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।


