डोटी तीन वर्षमा सवारी दुर्घटनामा परेर सुदूरपश्चिममा पाँच सय ६० जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७७/७८ मा सवारी दुर्घटनमा परेर एक सय ८७ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ज्यान गुमाउनेको संख्या बढेर एक सय ९६ पुगेको हो। २०७७ मा एक सय ८७, २०७८ मा एक सय ९६ र २०७९ मा एक सय ७७ गरी ५६० जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।


