कंगोमा मृतक आदर्शका सिल्ला परिवारलाई २६लाख सह्योगdandakokhabar.com

 

डोटी ,  अफ्रिकाको कंगोमा मृत्यु भएका डोटीको आदर्श गाउँ पालिका ६ अगेडाका सुरेश सिल्लाका परिवारलाई गैर आवासीय नेपाली संघले २६ लाख ६१ हजार ९ सय २० रुपैया सहयोग गरेको छ ।गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्रि केसीले शनिवार काठमाण्डौंमा आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काको उपस्थितिमा मृतक सिल्लाकी पत्नी राजु सिल्ला र बुवा पदम बहादुर

सिल्लालाई २६ लाख ६१ हजार ९ सय २० रुपैयाको चेक हस्तान्तरण गरे ।         सायल गाउँपालिका डोटी                                                                   द्वारा जनहितमा जारी सन्देश 

 

No description available.

एनआएनए कंगोका अध्यक्ष बिष्णु गिरीको सक्रियतामा कंगोमा रहेका नेपाली तथा भारतीय मूलका बासिन्दाहरुबाट उक्त रकम संकलन भएको हो ।

नेपाली राहदानीमा १० महिनाअघि भारतको चेन्नईबाट कंगो पुगेका २७ वर्षीय सिल्लाको असोजको अन्तिम साता उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

सिल्लाको शव नेपाल ल्याउन कठिनाई भएपछि परिवारजनको सहमतीमा कंगोमा रहेका नेपालीहरुले कंगोमै दाहसंस्कार गरेका थिए ।

त्यसअघि चेन्नईमा काम गर्दै आएका सिल्लालाई भारतीय व्यापारीले कंगो लगेका थिए । तीनै व्यापारीको कंगोस्थित घरमा छ महिनादेखि कार्यरत सिल्लालाई मलेरिया र जण्डिसबाट सिकिस्त भएपछि कंगोको लुवुम्बासी स्थित अस्पतालमा भर्ना गरिएको थियो ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...