प्रदेश सभासदश्यको माग ,प्रदेश राजधानी दिपायल

धनगढी, माघ ९ गते, डोटीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गर्नुभएको छ।

यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उहाँले सन्तुलित विकासका लागि सबै जिल्लाकाे पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गर्नुभएको हो। सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको औँल्याउनुभएको छ।

यसैबिच, प्रदेश सभा बैठकमा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सदनमा विधेयक टेबुल गर्नुभयो। प्रदेश र सङ्घको विपद् व्यवस्थापन सम्बन्धी ऐनबिच देखिएको अन्तर कम गर्न र भाषिक शुद्धताका लागि संशोधन विधेयक ल्याएको उहाँले बताउनुभयो।

dcs 1
Damu 1
dandako khbar 1
Loading...