को थिए बाँकावीर ? किन अटाउन सकेनन् सहीदको सूचिमा ?

रामबहादुर देउबा ,अछाम,  तत्कालिन समयका अछामी नरेश रणबहादुर शाहका कान्छा सुपुत्रको रुपमा बाकावीर अर्थात बलदेब शाहको जन्म सुदूरपश्मिको अछाम जिल्लमा भएको थियो । सानै देखि अन्याय र अत्याचारको विरुद्धमा बोल्न मन पराउने बाकावीरको वास्तविक नाम बलदेब शाह नै राखेको भएता पनि जहानीया राणाशासनको परिणामले उहालाई बाकावीरको उपनामले परिचित बनायो ।

तत्कालिन समयका नरेश राजेन्द्र शाहलाई जङ्गबहादुर राणाले कारावासको जीवन जीउन बाध्य गरि नेपालमा जहानीय क्रुर राणा शासनको बिजारोपण भएको पान्छ । राजेन्द्रबिक्रम शाह र बलदेब शाहको आत्मीताको कारण नै जङ्गबहादुर राणा विरुद्ध लाग्ने मुख्यकारण नै हो भनेर इतिहासकारहरु बताउछन ।

बलदेब शाह अछाम बाट काठमाण्डौ जाने क्रममा नरेश राजेन्द्र बिक्रम शाहका लागि केही न केही पहाडको कोशेली लगेर जाने भएका कारण उहाहरु बीचको आत्मीयताले झन मौलाउने वातावरण बनेको थियो । अछाम बाट काठमाण्डौ गए पछि बलदेब शाहका लागि बस्ने छुट्टै कोठाको समे व्यवस्था उहँहरु बीचको आत्मीयताका कारण बनेको थियो ।

जब जङ्गबहादुर राणले राजा राजेन्द्र बिक्रम शाहलाई जेलहाले त्यस पछि आफ्ना बिरोधीहरुलाई समाप्त गर्नका लागि जङ्गबहादुर गाउगाउ पुग्न थाले । यसै क्रममा जङ्गबहादुर अछाम जिल्लाको रिडीकोट र धुधुरकोट हात्तिको बाटो खनाउदे आउने क्रममा घुघुरकोटमा रुद्र स्वार कालु स्वारको घरमा बास वस्न पुग्छन् ।

स्वारहरुले गरेको अतिथी सत्कार बाट अत्यन्तै प्रभावीत जङ्गबहादुर राणा बन्न गइ रुद्र स्वार र कालु सिह स्वारका छोराहरुलाई जागिर लगाइदिन्छु भनि काठमाण्डौ लगेका थिए । यता जनता बाट चर्कोकर असुल गरी जनतालाई नै त्र्रसित पार्नका लागि तत्कालिन समयका रणाकालका सैनिकहरुले भने बान्नीगढी किल्लामा आधार जमाएर बसेका थिए ।

राण शासनको जसले विरोध गर्छ उसलाई अमानवीय तरिकाले हत्या अङ्ग भङ्ग बनाउने काम तत्कालिन समयका सैनिकहरुले गरेको देखेर बलदेव शाहको भने जीउ नै तात्ने गथ्र्यो । जनताहरुलाई अमानवीय व्यवहार नगर्न पटकपटक हुलाक बाट जङ्गबहादुरलाई पत्र पठाउने काम बलदेब शाहले गरेको भएता पनि जङ्गबहादुरले उहँको कुरालाई सुन्दै सुनेन ।

तत्कालिन समयका सैनिकहरुले जनता माथि गरेको अमावीय व्यवहारलाई सहन नसकी कयौ पटक उहँ बान्नीगढी गयगढको सेना किल्लामा नै आएर सम्झाउने गर्दथ्ये । केहंी समयका लागि सेनाहरुले उहाको भनेको कुरा सुने पनि कार्यान्वयनमा भने ल्याउन चाहेनन् बरु उहालाई उच्चनिगरानीमा राख्ने काम मात्र गरे जसको एक एक जानकारी जङ्गबहादुरलाई पठाउने गरे ।

उता जङ्गबहादुर बलदेव शाहले गरेका क्रियाकलापले निकै नै आक्रमक बनेका थिए । गाउगाउमा गएर बलदेब शाहले राणा शासनको विरोध गर्न जनताहरुलाइृ नै प्रशिक्षण दिन थालेका थिए ।

जनता सबै बलदेब शाहको पक्षमा उभिए पछि जङ्गबहादुरले सजिलै सङ्ग उहँलाई पक्रन भने सक्ने अवस्था नै थिएन । गाउमा गएर जनतालाई तर्साउने कयौ राणाकालिन सैनिकहरु भने हराएका थिए ।

जसको कारणले जङ्गबहादुरले राणाशासन कालको कटट्र विरोघी बलदेब शाहलाई ठानी उहालाई पक्रन बान्नीगढीका सैनिकले नसक्ने सोचेर थप सैनिकहरु काठमाण्डौ बाट पठाएका थिए ।

यता बलदेब शाहले यो कुराको जानकारी थाहपाउने वित्तिकै वनवासी भएका थिए । वनमा खानेकुराको हाहाकार भए पछि बलदेब शाहले बाको खाएर जीवन व्यतित गरेका कारण उहालाई बाकावीर भनिएको भनेर इतिहासका जानकारहरु बताउने गर्दछन् ।

तर नेपनली शबदकोशलाई नियाल्दा बाकावीरको अर्थ सुरवीर पराक्रमी भन्ने पान्छ । जनताको मानस पटलमा भिजिसकेका बलदेब शाह राणाकालका सैनिकलाई जनताको सेवक भएर बस्नु पर्छ , जनताहरुलाइृ तसर्नउन पाइदैन भन्ने भावनको प्रचार गर्न थले पछि राणशासनका लागि बलदेब शाह आखाको कसिङ्गर नै बन्न पुगेका थिए ।

पहाड बाट राणाकालिन सेनाहरुले लखेटे पछि कैलाली जिल्लाको मोहन्याल गाउपालिकाको वर्षातको उर्लिदो भेललाई उछिनेर ज्यान जोगाउन सफल भएका थिए । जुन ठाउलाई हाल आएर बाका फट्को नामले समेत चिनिन्छ ।

राणा शासनले वन र घरमा कही कतै पनि वस्न नदिए पछि बलदेब शाह निकै नै चिन्ति बन्न पुगेका थिए । सहझै तरिकाले उहँलाई मार्न नसक्ने ठाने पछि बलदेब शाहका नजिकका मान्छे मार्फत नै मार्ने योजना जङ्गबहादुरले गरे पछि ।

उहाका नजिकका पात्र रुद्रसिह स्वार र कालुसिह स्वारलाइ हातमा लिने काम जङ्गबहादुर राणाले गरेका थिए । कैलालीको मोहन्याल भन्ने स्थान बाट भागेर अछाम जिल्लामा पुगिसके पछि सुभेच्छुकहरु सङ्ग लुकीछिपी भेट गरे पछि नुहाउन भनेर बलदेब शाह कुवातिर गएका थिए ।

हाल बान्नीगढी जयगढ रहेको स्थान भन्दा ठीक तलतिर रहेको कुवामा नुहाइरहेका बलदेब शाहलाई वि.सं१९०६सालमा पछाडी बाट रुद्रसिह स्वारले खुकुरीले प्रहार गरी बलदेब शाहलाई मारेका थिए ।

उहँको टाउको छिनालेर राणाकालका सैनिक र रुद्रसिह् स्वारले टाउको जङ्गबहादुरलाई बुझाएका थिए । यसरी देश र जनताको हकहितका लागि बोल्ने महान हस्ति क्रुरशासनले समाप्त गर्दा पनि उहालाई अझ सम्म समेत सहदिको सूचिमा नराखिनुले सहीद प्रतिको अपमान नै भएको छ भन्नमा सायद फरक नपर्ला ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...