अछामः अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन्।
रामारोशन गाउँपालिका अछामको सन्देश
वन तथा वन्यजन्तु प्रकृतिकका अमुल्यू उपहार हुन र वन्यजन्तुको चोरीसिकार गर्नु भनेको कानुनी रुपमा दण्डनिय अपराध भएकाले यस्तो कार्य गर्नेलाइ कानुनको भागिदार बन्ने भएकाले यस्तो कार्य नगरौँ । प्रकृतिलाइ हरेक जीवको उत्तिकै आवश्यकता पर्ने भएकाले सबै जीवको संरक्षण गर्नमा लागौ । वन्यजन्तु तथा तिनका ओखेटपहारको ओसारपसार नगरौ । गर्मिको समयमा वनमा डढेलो लाग्नालेबोटविरुवा तथा वन्यजन्तु नै सखाप हुने भएकाले यस्तो कार्य नगरौ ।घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्। खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिए। उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए।


