रामबहादुर देउबा– बझाङ्ग, बझाङ्गमा जीपले ठक्कर दिदा सख्त घाइते महिलाको निधन भएको छ । बझाङ्गको केदारस्यू गाउँपालिका वर्डनं ४ बगथला तल्लो बजारकी महेश्वरी मल्ल पानी भर्न धारामा जाने क्रममा सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ।
सिकिकस्त अवस्थामा उहाँलाई प्राथमिक स्वास्थ्यकेन्द्र देउरामा लगिएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार हुन नसेके पछि थप उपचारका लागि धनगढी लग्ने क्रममा बीच बाटोमा नै निधन भएको देउरा बाट सन्तोष भण्डारीले बताएका छन ।


