संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा बझाङ्गको छविसपाथीभेरा गाउँपालिका पहिलो

रामबहादुर देउबा –   बझाङ्ग ,  बझाङ्गका १२ पालिका मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा छविसपाथीभेरा गाउँपालिकापहिलो भएको छ । संस्थागत क्षमता स्वमूल्यांकन परीक्षणमा छविसपाथीभेरा गाउँपालिकाले ६७ अंक हासिल गरेको हो । जिल्लाका १२ स्थानिय तहमध्ये पहिलो छविसपाथीभेरा गाउँपालिका र अन्तीममा बुंगल नगरपालिका रहेको छ ।  यस्तै ६५ अंक सहित केदारस्युँ गाउँपालिका दोस्रो र ६४.२५ अंक सहित थलारा गाउँपालिका तेस्रो स्थानमा रहेको छ । ४६.५ अंक ल्याएको बुंगल नगरपालिका जिल्लाका स्थानिय तहको पुछारमा रहेको छ ।

प्रत्येक विषयगत क्षेत्रका लागि निश्चित अंकभार तोकिएको छ । सेवा प्रवाह क्षेत्रलाई सबैभन्दा बढी १६ तथा सहकार्य तथा समन्वय क्षेत्रलाई सबैभन्दा कम ६ अंक राखिएको छ । यसैगरी अन्य विषयगत क्षेत्रहरू क्रमशः संगठन तथा प्रशासनलाई ९, शासकीय प्रबन्धलाई ८, वार्षिक बजेट तथा योजनालाई ११, वित्तीय तथा आर्थिक व्यवस्थापनलाई ११, न्यायिक कार्यसम्पादनलाई ७, भौतिक पूर्वाधारलाई १३, सामाजिक समावेशीकरणलाई १० र वातावरण तथा विपद् व्यवस्थापनलाई ९ गरी जम्मा १०० अंकभार रहेको छ ।

कुल १०० पूर्णांकको सो परीक्षणमा स्थानीय तहको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा विषयका कुल १०० वटा सूचक रहेका हुन्छन् । स्थानिय तह स्वमुल्याङकन कार्यविधिले स्थानीय तहबाट तोकिएको समयमा सम्पादन भएका कार्यहरूको समग्र विश्लेषण गर्दै स्थानीय तहहरूको सबल पक्ष तथा सुधारात्मक पक्षहरूको पहिचान गर्दै सेवा प्रवाहमा सुधार ल्याउन सहयोग गरेको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...