स्वतन्त्र विजयी तीन नगरप्रमुखले गरे निर्वाचन बहिष्कार

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका तीन नगरप्रमुखले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन), धरान उपमहागरपालिकाका मेयर हर्क साम्पाङ राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निर्वाचनमा मतदान नगरेका हुन् ।मेयर बालेन र साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न नगएको बताएका छन् भने, हमालले उक्त विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्

 

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा द्वारा जनहितमा जारी सन्देश

चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।

राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको छ । ७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...