भूकम्प पीडितको सहारा बने नेता अयडी व्यक्तिगत लगानीमा बनाए २३ वटा घर

 

 

रामबहादुर देउबा –बझाङ्ग, बझाङ्गका युवा नेता बिष्णु अयडी ३ महिना देखि बझाङका बस्तीहरुमा घर निर्माणमा ब्यस्त हुनुहुन्छ । उहाँ आफ्नो युवा टीम सहित भुकम्प पिडीतका घर घर मै पुगेर घर निर्माणमा जुटिरहनु भएको छ ।No description available.

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका केन्द्रिय सदस्य समेत रहेका युवा नेता बिष्णु अयडी गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर र मष्टा गाउँपालिको आसपास केन्द्र बिन्दु बनाएर आएको भुकम्पका कारण भत्किएका जिल्लाका अत्यन्तै गरिब, एकल महिला, बृद्ध बृद्धा तथा सहारा नभएका ब्यक्तिहरुका घर निर्माण गरिरहेका छन ।No description available.

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका केन्द्रिय सदस्य समेत रहेका युवा नेता बिष्णु अयडीको व्यक्तिगत करिब नौलाख भन्दा बढीको लगानीमा भूकम्प बाट प्रभावितहरका घर बनाएर उदाहरणीय काम गरि सर्बत्र प्रशंसाका पात्र बन्न पुगेका छन् ।No description available.

सरकारी प्रत्रिया अनुसार काम गर्न झनझटीलो र प्रभावित भन्दा पनि पहुच हुनेहरुले मात्र सरकारी सह्योग पाउने र निमुखा गरिब तथा विपन्न नागरिकको घाउमा लगाउको मलम पट्टीकै कारण नेता अयडी चौतर्फी पंशंसा भइरहेको छ ।No description available.

नेता अयडीको व्यक्तिगत लगानीमा करिव त्यइस वटा घरको पुनर्निमाण भएको छ भने अबको कार्य भूकम्प बाट क्षति पुगेका विद्यालयको ककाम गरिने नेता अयडीले बताउनु भउको छ ।

यसरी विपतीको घडीमा सरकारको मात्र मुख ताकनुको सटो सक्दो सह्योग गरी मानवीय धर्म निभायर सबैले साथ दिने हो भने प्रकृतिले दिएको विपतीको पीडालाई सजिलै तरिकाले सामना गर्न सकिन्थ्यो की ? जिल्लाका जयपृथ्थी नगरपालिका, छविस पाथीभरा गाउँपालीका, मष्टा गाउँपालिका र थलारा गाउँपालिकाका एकल महिला ,बुढाबुढी र सहारा विहिनहरुका घर निमार्ण गरिरहेको नेता अयडीले बताए । नेता अयडी दशै र तिहारको पुरै अबधि घर निर्माणमै जुटे ।No description available.

भुकम्पका कारण घर भत्केर मष्टा गाउँपालिका वडा नम्बर –२ डुग्रीकी एकल महिला बेलमति विष्टको त्रिपाल मुनि बास थियो ।

आर्थिक रुपले बिपन्न रहेकी बिष्टको कोही पनि सहारा थिएन, उनको घर बनाउन सक्ने अबस्था नै थिएन, युवा नेता अयडीले भने—पहिलो घर बेलमती बिष्टको बनायौ, त्यसपछि जिल्लाभरका सहारा बिहिनका घर बनाउन निरन्तरता दिएका छौ । भुकम्पबाट पिडित बिष्ट अस्थायी घर बनाई दिएपछि केही खुशी भईन ।No description available.

बिष्टले भनिन—अयडी बिहान भत्केका घरहरू हेर्दै आउनुभएको थियो, हामी त्रिपालमा बसेका देखेर सोधपुछ गर्नुभयो । कहिले फर्केर आउलान् जस्तो लागेको थियो ।     Open photo     डिभिजन वन कार्यालय डडेल्धुराको सन्देशNo description available.

विकट वस्तिका कयौँ व्यक्तिको भुकम्पका कारणले विपतीको चपेटामा बस्नु परि रहेको छ ।उहाँहरुको समस्यालाई विशेष प्राथमिकतामा राखेर अझै कयौँ पीडितहरुको वेदनालाई हटाउने प्रयासमा लागि रहेका छौ नेता अयडीले भन्नु भयो ।

 

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...