आइतबार फेरि पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा हुने प्रक्षेपण मौसमविदहरुले गरेका छन् ।। ‘आइतबार अर्को प्रणाली नेपाल आउँदैछ । त्यसको प्रभावले आइतबार र सोमबार हिजो जस्तै हुने मौसमविदहरु बताउँछन् ।
तर अहिलेका मौसमी प्रणालीहरु कमजोर खालका भएकाले त्यसले ठूलो असर भने नपुर्याउने पूर्वानुमान छ ।
यद्यपि पानी पर्दा चिसो बढ्ने भएकाले जनजीवन प्रभावित हुने छ । चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र दीर्घरोगीहरुलाई बढी असर गर्ने भएकाले चिसोबाट जोगिन ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
तर यो वर्षाले प्रदूषण कम हुने, हुस्सु तथा कुहिरो छिट्टै हट्न सहयोग मिल्ने र क्रमशः तापक्रम पनि वृद्धि हुँदै जाने मौसमविदहरु बताउँछन् ।


